Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

उड्न बिर्सिएका डाइनोसोर: १६ करोड वर्ष पुराना जीवाश्मबाट नयाँ तथ्य खुलासा

Calendar शुक्रबार, पुष ०४, २०८२  | बिहान ८:१३ बजे

तेल अभिभ । तेल अभिभ विश्वविद्यालयको स्कूल अफ जुलोजी तथा स्टाइनहार्ट प्राकृतिक इतिहास संग्रहालयका अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको एक नयाँ अध्ययनले केही प्वाँखयुक्त डाइनोसोरहरूले उड्ने क्षमता गुमाइसकेको तथ्य पत्ता लगाएको छ।

अनुसन्धानका क्रममा प्वाँखसहित सुरक्षित अवस्थामा भेटिएका १६ करोड वर्ष पुराना डाइनोसोर जीवाश्महरूको अध्ययन गरिएको थियो। वैज्ञानिकहरूका अनुसार यस्तो खोज अत्यन्तै दुर्लभ मानिन्छ, जसले प्रागैतिहासिक कालका जीवहरूको शारीरिक संरचना र व्यवहारबारे महत्वपूर्ण जानकारी दिन्छ।

बिज्ञापन

साथै, यसले डाइनोसोर र चराहरूमा उडान क्षमताको विकास प्रक्रिया पहिले सोचिएकोभन्दा धेरै जटिल रहेको संकेत गर्दछ।

अनुसन्धान टोलीका अनुसार, केही डाइनोसोर प्रजातिले विकासक्रमको कुनै चरणमा प्रारम्भिक उडान क्षमता हासिल गरे पनि पछि वातावरणीय परिवर्तनका कारण त्यो क्षमता गुमाएको हुनसक्छ। आजका अस्ट्रिच र पेंगुइनजस्तै, ती डाइनोसोरहरू पनि प्वाँखयुक्त भए तापनि उड्न नसक्ने अवस्थामा पुगेका थिए।

यो अध्ययन डा. योसेफ कियातको नेतृत्वमा चीन र अमेरिकाका अनुसन्धानकर्तासँग सहकार्यमा गरिएको हो। डा. कियात प्वाँखसम्बन्धी अध्ययनमा विशेषज्ञ पक्षी विज्ञ हुन्। उनका अनुसार डाइनोसोरहरू करिब २४ करोड वर्षअघि अन्य सरीसृपहरूबाट अलग भएका थिए र त्यसपछि धेरै डाइनोसोरमा प्वाँखको विकास भयो।

अध्ययनमा चीनको पूर्वी क्षेत्रमा फेला परेका Anchiornis नामक प्वाँखयुक्त डाइनोसोरका नौ जीवाश्महरूको परीक्षण गरिएको थियो। यी जीवाश्महरू विशेष भू–परिस्थितिका कारण प्वाँखको रङसमेत सुरक्षित अवस्थामा भेटिएका थिए, जसमा सेतो प्वाँख र टुप्पोमा कालो दाग देखिन्छ।

यो अनुसन्धान प्रतिष्ठित वैज्ञानिक पत्रिका Communications Biology मा प्रकाशित भएको छ। वैज्ञानिकहरूका अनुसार यस खोजले चराको उत्पत्ति र उडान क्षमताको विकासबारे नयाँ दृष्टिकोण प्रदान गरेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka