Premier Cables
Premier Steel

राजनीति

प्रधानसेनापति पछि अब रमेश लेखकसंग बयान लिदै आयोग

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष ०१, २०८२  | बिहान ६:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देलसहित सैनिक अधिकारीहरूको बयान लिएको छ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार सोमबार प्रधान सेनापति सिग्देलसहित केही सैनिक अधिकारीहरूको बयान लिइएको हो।

बिज्ञापन

उनले सिग्देलसहितका अधिकारीहरूको बयान पूरा भइसकेको जानकारी दिए। साथै, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीको बयानसमेत सकिएको उनले बताए।

हाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्याललगायतको बयान लिने प्रक्रिया जारी रहेको छ।

प्रशासनिक नेतृत्वको बयान लगभग सकिएको उल्लेख गर्दै प्रवक्ता शर्माले आगामी साता तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी भइरहेको जानकारी दिए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka