Premier Cables

शेयर बजार

नेप्सेमा झिनो अंकको गिरावट

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | साँझ ४:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयरबजार झिनो अंकले घटेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.०६ प्रतिशत अर्थात १.६६ अंकले घटेर २ हजार ६०७.३७ विन्दुमा सीमित बनेको छ ।

विज्ञापन

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले बढेर ४४६.३० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो दिन भने ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुलेल भन्छन्, ‘सबै कुराहरु पोजेटिभ भएर पनि बजार बढ्न नसक्नुमा अहिलेको राजनीतिक अवस्थाले लगानीकर्ताको मनोबल बढ्न नसक्नु मुख्य कारण हो । लगानीकर्ताहरुले स्थिर सरकार खोजिरहेका छन् । चुनाव समयमै हुने वा नहुने भन्ने कुरामा अन्यौलता अझैपनि कायम भएका कारण लगानीकर्ताहरु सेयरबजारमा लगानी गर्न डराएको देखिन्छन् । बैंकहरुमा तरलता पर्याप्त हुनु र ब्याजदर पनि घट्दो अवस्थामा छ, तर कर्जा लिएर सेयरबजारमा लगानी गर्न सक्ने मनोबल लगानीकर्तामा बढ्न सकेको छैन ।’

यदि बजारमा सेयर खरिदको माग हुने खालको पोलिसीहरु आउन सकेमा बजारले नयाँ रुप फेर्न उनले बताए ।

‘बजार बढ्नुपर्ने थुप्रै सकारात्मक आधारहरु भएका कारण अहिलेको बजारलाई नराम्रो अवस्थाको रुपमा पनि लिनु उचित हुँदैन । चुनाव समयमै भएर स्थिर सरकार हुने भने बजारमा राम्रा कम्पनीहरु चलेर बजार नै माथि उक्लिन सक्छ’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये ५ वटाम समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.९२ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१५ प्रतिशत, जीवन बीमा ०.१८, लघुवित्त ०.०९ र व्यापार समूह ०.०७ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.६५ प्रतिशतले घट्यो । विकास बैंक समूह ०.१९ प्रतिशत, होटल ०.५४, हाईड्रो ०.३६, लगानी ०.२९, म्युचुअल फण्ड ०.३८, निर्जीवन बीमा ०.१६ र अन्य ०.६३ प्रतिशतले घट्यो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka