खेलकुद
प्याब्सन स्पोर्ट्स मिटको उपाधि एभरेष्ट र सिद्धार्थ स्कुलले हात जिते
विराटनगर । १५ औं संस्करणको प्याब्सन स्पोटर्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले जितेका छन् ।
विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् ।
बिज्ञापन
त्यस्तै, जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी द्धितीय, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेण्डरी स्कुल तृतीय तथा २ स्वर्ण र १ कास्यसहित रतुवामाईको मुनाल आदर्श स्कुल चौथो भएका छन् । एथलेटिक्सतर्फ विराटनगरको स्टार स्कुलकी प्रीति मुखिया ‘बेस्ट प्लेयर’ घोषित भइन् ।
सिनियर प्लस टु तर्फ १ स्वर्ण र ३ कास्य पदकसहित सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुल द्धितीय र १ स्वर्ण तथा १ कास्यसहित विराटनगरको अरनिको स्कुल तृतीय भएका छन् ।
फुटबलको उपाधि बाल्मिकी स्कुललाई
प्याब्सन स्पोट्र्स मिट अन्तर्गतको फुटबल प्रतियोगिताको उपाधि पथरीको बाल्मिकी स्कुलले जितेको छ ।
विराटनगरको सहिद मैदानमा सोमबार राति फ्लडलाइटमा भएको फाइनल खेलमा मोडर्न एरा स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै बाल्मिकीले उपाधि हात पारेको हो ।
बाल्मिकीको जितमा असिम बुढाथोकी र सयल फेकले १–१ गोल गरे । मोडर्न एराका तर्फबाट प्रेम शेर्पाले सान्त्वना गोल फर्काए । प्रतियोगिताभर ६ गोल गर्ने पशुपति स्कुलका कृसल थापा उत्कृष्ट गोलकर्ता घोषित भए ।
भलिबलमा चार विद्यालयको जित
भलिबलतर्फ चार फरक विद्यालयले उपाधि जितेका छन् ।
जुनियर छात्रमा रंगेलीको सनरे स्कुल र जुनियर छात्रामा उर्लाबारीको शिशु शिक्षा स्कुल प्रथम भए । जुनियर छात्रतर्फ उर्लाबारीको मोरङ मोडेल द्वितीय र रतुवामाईको दाम्राभिट्टा स्कुल तृतीय भए ।
जुनियर छात्रातर्फ पथरीको एभरेष्ट द्वितीय र बुढीगंगाको मोरङ पब्लिक स्कुल तृतीय भए ।
त्यसैगरी, सिनियर छात्रमा रतुवामाईको राष्ट्रिय निर्माण स्कुल र छात्रामा सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुलले उपाधि जिते । सिनियर छात्रतर्फ उर्लाबारीको पशुपति स्कुल द्वितीय र उर्लाबारीकै मोरङ मोडल स्कुल तृतीय भए भने सिनियर छात्रातर्फ पथरीको रेडस्टार स्कुल द्वितीय र उर्लाबारीको पशुपति स्कुल तृतीय भए ।
बास्केटबलमा एभरेष्ट र सगरमाथालाई उपाधि
बास्केटबल प्रतियोगितामा जुनियर छात्रतर्फ विराटनगरको सगरमाथा स्कुल प्रथम भयो ।
प्लस टु सिनियर छात्रतर्फ पनि सगरमाथा स्कुल नै प्रथम भयो भने विराटनगरको एभरेष्ट द्वितीय र सिद्धार्थ स्कुल तृतीय भए । त्यसैगरी, प्लस टु छात्रातर्फ विराटनगरको एभरेष्ट स्कुल प्रथम, अरनिको स्कुल द्वितीय र सगरमाथा स्कुल तृतीय भए ।
प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार मंसिर १९ देखि २१ गतेसम्म सञ्चालित प्रतियोगितामा जिल्लाभरका २३५ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका थिए । २०६३ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिताले मोरङको शैक्षिक क्षेत्रमा खेलकुदको महत्त्व स्थापित गरेको छ ।
विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार टिकाराम पुरी, केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल, प्रदेश तथा जिल्ला अध्यक्षहरूले पुरस्कार वितरण गरेका थिए ।
Bagmati

- प्याब्सन स्पोर्ट्स मिटको उपाधि एभरेष्ट र सिद्धार्थ स्कुलले हात जिते
- हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय बदर
- जेनजी सहिदलाई सुशासन योद्धाको उपाधि, जिल्ला प्रशासनमा नाम राखिने
- छैटौं कारोबार दिन पनि घट्यो सेयर बजार
- फेरि बढ्यो अन्डाको मूल्य
- रिलायन्स स्पिनिङ मिल्सको आईपिओ खुल्यो
- नख्खु जेलबाट भागेका भारतीय कैदी विराटनगरमा पक्राउ
- इन्डिगोका ४५० उडान आज पनि रद्ध
- दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा जिल्ला प्रशासन मोरङ अगाडि धर्ना
- एनपीएल-२ समूह चरण सकियो, यस्तो छ अंक तालिकाको स्थिति









