Premier Cables
Premier Steel

अपराध

घाँस काट्न सघाउन भन्दै जंगल लगेर बलात्कारपछि अंशुको हत्या, ५९ वर्षीय अधिकारी प्रहरी नियन्त्रणमा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २१, २०८२  | अपराह्न १:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ की १२ वर्षीय अंशु गौतमको बलात्कारपछि हत्या घटनामा संलग्न रहेको आरोपमा ५९ वर्षीय पदम अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो। आरोपी मृतककी छिमेकी तथा ज्याला मजदुरी गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार अंशुले घटना आफन्तलाई बताइदिने डरले अधिकारीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको अनुसन्धानले देखाएको छ।

उनले लामो समयको अनुसन्धानपछि अपराधीसम्म पुग्न प्रहरी सफल रहेको बताए। असोज २१ गते विद्यालय गएकी अंशु साँझसम्म घर नफर्केपछि परिवारले खोजतलास गरे पनि भेटिएनन्। भोलिपल्ट प्रहरीमा निवेदन दिएपछि खोजी तीव्र बनाइयो। कात्तिक ७ गते बेलबारीको चिसाङ साझेदारी वनमा सडेगलेको अवस्थामा भेटिएको शव मृतककै भएको परिवारले पहिचान गरेको थियो।

फेला परेका कपडा तथा जुत्ताका आधारमा पहिचान भए पनि प्रहरीको तर्फबाट डिएनए परीक्षण समेत गरिएको थियो।

घटनापछि केन्द्रिय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोलीमार्फत वैज्ञानिक विधिबाट अनुसन्धान अघि बढाइएको थियो। मोबाइल डेटा, कल डिटेल, फरेन्सिक जाँच, समुदाय प्रोफाइलिङ, अपराध स्थल पुनर्निर्माण लगायतका आधारमा प्रहरीले प्रमाण सङ्कलन गरेको हो। सोही क्रममा ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ र ४५ जनाको लिखित बयान लिइएको प्रहरीले जनाएको छ।

अनुसन्धानअनुसार विद्यालय नजिकै खेल्ने बहाना बनाएर आरोपीले अंशुलाई साथीबाट छुट्याएका थिए। उनले छेउमै रहेकी साथीलाई ५ रुपैयाँ दिएर दिदी खोज्न पठाइदिएपछि अंशुलाई घाँस काट्न सघाउन भन्दै जंगलतिर लगेका थिए।

साइकलमा चढाएर करिब ४ किलोमिटर भित्र जंगल पुर्याई बलात्कार गरी हत्या गरिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। हत्या लुकाउन उनले घाँस काट्ने हसियाँ प्रयोग गरी घाँटी रेटेको समेत खुलेको प्रहरीले जनाएको छ।

घटना गराएपछि अधिकारी भारतको आसामतिर भागेका थिए। उनी फरार रहेकै बेला प्रहरी अनुसन्धान झन् सूक्ष्म बनाइएको र सुराकीका आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको छ। आरोपीविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार करणी र ज्यानसम्बन्धी मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

कक्षा ५ मा अध्ययनरत अंशुको निधनप्रति स्थानीय तथा परिवारजनले गम्भीर शोक व्यक्त गर्दै अपराधीलाई कडाभन्दा कडा सजायको माग गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka