Premier Cables
Premier Steel

खेलकुद

प्याब्सन स्पोर्ट्स मिट: चार विद्यालय सेमिफाइनलमा

Calendar बिहिबार, मंसिर १८, २०८२  | बिहान ११:०२ बजे

विराटनगर । विराटनगरमा जारी १५ औं संस्करणको प्याब्सन स्पोट्र्स मिट अन्तर्गत फुटबल प्रतियोगितामा मोरङका चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विराटनगरस्थित सहिद मैदानमा बुधबार सम्पन्न खेलमा जित निकाल्दै ब्राइट फ्युचर, हरैचा मोडल, वाल्मीकि र मोडर्न एरा स्कुल अन्तिम चारमा पुगेका हुन् ।

बिज्ञापन

पहिलो खेलमा ब्राइट फ्युचर स्कुलले २–१ गोल अन्तरको जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । उक्त खेलको ‘म्यान अफ द म्याच’ ब्राइट फ्युचरका अनिष चौधरी घोषित भए ।

दोस्रो खेलमा हरैचा मोडल स्कुलले ग्यालेक्सी स्कुललाई १–० गोलले पराजित गर्यो । सो खेलको म्यान अफ द म्याच गौरव खवास घोषित भए ।

त्यस्तै, तेस्रो खेलमा वाल्मीकि स्कुलले सिंहदेवी स्कुललाई ५–० को फराकिलो गोल अन्तरले निराश बनायो । उक्त खेलमा वाल्मीकि स्कुलका सयल फियक म्यान अफ द म्याच घोषित भए ।

अन्तिम खेलमा मोडर्न एरा स्कुलले पशुपति स्कुललाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

फुटबल संयोजक हिरा थापाका अनुसार बिहीबार हुने पहिलो सेमिफाइनल खेल हरैचा मोडल र वाल्मीकि स्कुलबिच हुनेछ । त्यस्तै, सोही दिन हुने दोस्रो सेमिफाइनल खेल ब्राइट फ्युचर र मोडर्न एरा स्कुलबिच हुनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka