Premier Cables
Premier Steel

राष्ट्रिय

प्रधानमन्त्री कार्कीको सचिवालयका पदाधिकारी कटौती

Calendar बिहिबार, मंसिर ११, २०८२  | बिहान ११:१४ बजे

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय र विज्ञ समूहको संरचना घटाउने निर्णय गरेकी छन्।

जेनजी युवाहरूको मागअनुसार सचिवालय साँघुरो बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बिज्ञापन

हाल २० सदस्य रहेको सचिवालयलाई अब ६ सदस्यमा सीमित गर्ने निर्णय गरिएको हो। नयाँ संरचना अनुसार प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ मात्र रहनेछन्।

यी ६ पदबाहेकका सबै पद र नियुक्ति मंसिर ११ गतेदेखि लागू हुनेगरी खारेज गरिएको कार्यालयले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka