काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (मंसिर ८) ४७.२२ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १.८१ प्रतिशतले बढेर २६४७.४४ विन्दुमा बन्द भएको हो ।
यस दिन काराबोर रकम पनि बढेको छ । सात अर्ब तीन करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार (मंसिर ७) ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
बिज्ञापन
२१५ कम्पनीको सेयर मूल्य बढेको छ । ३७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।