Premier Cables
Premier Steel

समाचार

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३१, २०८२  | राती ९:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको हो ।

पाथीभरा केबलकार निर्माण कार्य रोक्न माग गर्र्दै गत चैतमा यामबहादुर लिम्बूलगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो ।

बिज्ञापन

दुई पक्षको छलफलपछि डा। नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो ।यो आदेशसँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । आईएमई ग्रुपको लगानीमा पाथीभरामा केबलकार निर्माणको काम अघि बढेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka