Premier Cables

राजनीति

अशोकसहित सुमना र हर्क पनि संवादमा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०१, २०८२  | साँझ ६:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रगतिशील राष्ट्रिय अभियानका केन्द्रीय संयोजक सुदन किरातीले देशका सबै वैकल्पिक राजनीतिक शक्तिसँग निरन्तर संवाद भइरहेको बताएका छन्।

किरातीका अनुसार अभियानले अशोक नेपालको जनता समाजवादी पार्टी (जसपा)देखि हालै राष्ट्रिय स्वतन्त्र पार्टी छोडेकी सुमना श्रेष्ठसम्मसँग छलफल गरिरहेको छ। उनले यतिमै नरोकी धरानका मेयर हर्क साम्पाङसँग पनि संवाद भइरहेको दाबी गरे।

विज्ञापन

किरातीले भने, “पार्टी एकता सम्भव भए राम्रो, नभए पनि मोर्चाबन्दी गरेर अघि बढ्ने विषयमा विभिन्न वैकल्पिक शक्तिसँग निरन्तर छलफल भइरहेको छ। अशोक राईको जसपा, सुमना श्रेष्ठदेखि धरानका मेयर हर्क साम्पाङलगायतसँग हामी नियमित संवादमा छौँ।”

उनका अनुसार पूर्ण पार्टी एकता हुने-नहुने बारे स्पष्टता नभए पनि वैकल्पिक शक्तिहरू एकै थलोमा आउने विषयमा सबै पक्ष सकारात्मक देखिएका छन्।
यस्तै, पछिल्लो समय धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्टी दर्ता गराई विभिन्न जिल्लामा संगठन विस्तार गरिरहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka