Premier Cables
Premier Steel

समाचार

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३१, २०८२  | साँझ ६:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौंको बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्त छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो नागढुंगाबाट पक्राउ गरेको हो ।

पन्त र नुवाकोटको सूर्यगढी नगरपालिका–१ घर भई काभ्रेस्थली नै बस्ने २८ वर्षीया बिमला तामाङ २९ चैतमा काठमाडौं महानगरपालिका–२८ स्थित बागबजारको एक गेस्टहाउसमा पुगेका थिए ।

बिज्ञापन

सोही गेस्टहाउसमा साँझ अन्दाजी पौने ६ बजेतिर तामाङ मृत फेला परेकी थिइन् । मृत फेला परेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको थियो ।

पन्त भने फरार थिए । हत्या गरेर उनी भारतमा लुकिछिपी बस्दै आएको प्रहरीको भनाइ थियो । करिब एक महिनापछि फर्केर काठमाडौं आउँदै गरेका बेला उनी पक्राउ परेको परिसरका प्रवक्ता तथा सूचना अधिकारी अपील राज बोहराले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका पन्त पूर्व सैनिक हुन् । मृतक महिला र पन्त दुबै विवाहित हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka