Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा पहिलोपटक ‘स्वर्णबिन्दु प्राशन कार्यक्रम’

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २३, २०८२  | अपराह्न १:१३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । बालबालिकाको स्वास्थ्य र मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगरमा पहिलोपटक ‘स्वर्णबिन्दु प्राशन कार्यक्रम’ सञ्चालन गर्ने तयारी गरिएको छ। कार्यक्रमलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आज विराटनगरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा. राम प्रवोध चौधरीका अनुसार कार्यक्रम आगामी कात्तिक २५ गतेदेखि सुरु हुनेछ। विराटनगर महानगरपालिकाका १९ वटै वडाका बालबालिकालाई यो कार्यक्रमअन्तर्गत स्वर्णबिन्दु प्राशन खुवाइनेछ। पहिलो चरणमा एकदेखि पाँच वर्ष उमेर समूहका करिब एक हजार बालबालिकालाई लक्षित गरिएको छ।

बिज्ञापन

डा. चौधरीका अनुसार स्वर्णबिन्दु प्राशन सुनको भष्म, आयुर्वेदिक औषधि मिसाइएको घिउ र महको मिश्रणबाट तयार गरिन्छ। प्रत्येक महिनाको पुष्य नक्षत्रको दिनमा यो खुवाइने चलन छ। यसले बालबालिकाको स्मरण शक्ति, वाणी, पाचन शक्ति, शारीरिक बल र रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास गरिएको उनले बताए।

कविराज निरीक्षक डा. वैजनाथ साहका अनुसार यो परम्परागत आयुर्वेदिक औषधि “स्वर्ण प्राशन” वा “सूवर्ण प्राशन” नामले पनि चिनिन्छ। बालबालिकाको उमेरअनुसार दुईदेखि पाँच थोपा दिइन्छ, जसमा प्रयोग हुने ब्राह्मी जडिबुटीले मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइएको छ।

अभिमुखिकरण कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकालाई आफ्ना वडाका सबै बालबालिकालाई अभिलेखिकरण गरी अनिवार्य रूपमा स्वर्णबिन्दु प्राशन खुवाउन आग्रह गरिएको थियो। कार्यक्रममा डा. चौधरी, डा. साह, मिसन ढकाल, र धनञ्जय जयसवाल लगायतको उपस्थिती रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka