विराटनगर। भारतको विधानसभा निर्वाचनलाई दृष्ठिगत गरी विराटनगरसहित मोरङका विभिन्न सिमावर्ती नाकामा सुरक्षा व्यवस्था र निगरानी कडा पारिएको छ ।
रानीसहित भारतसँग जोडिएका मोरङका नाकाहरु तीन दिनका लागि सिल गरिएको छ । यसबारे केहीअघि मोरङ र अररिया भारतका सुरक्षा अधिकारीबीच सहमति भएको थियो ।
बिज्ञापन
मोरङ जिल्ला प्रशासन कार्यालयले सिमाक्षेत्रमा अति आवश्यक कामबाहेक आउजाउ नगर्न सर्वसाधारणलाई सूचित गरिसकेको छ । भारतको बिहारमा विधानस २०२५ को
दोस्रो चरणको निर्वाचनका हुँदैछ । शनिबार बेलुकाबाट ७२ घण्टाका लागि नाका बन्द भएको हो।
मंगलबार बिहारमा मतदान सम्पन्न भएपछि नाका पुनः खुला हुने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । नेपालतर्फ सशस्त्र प्रहरी बल र भारतीय क्षेत्रमा सिमामा खटिएका भारतीय सुरक्षाकर्मीले निगरानी बढाएका छन् ।