Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

दिल्ली विमानस्थलमा ४० मिनेट केरकारपछि दुर्गा प्रसाईंलाई छाडियो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २२, २०८२  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भारतबाट नेपाल फर्किँदै गर्दा दिल्ली विमानस्थलमा भारतीय अध्यागमन अधिकारीहरूले करिब ४० मिनेटसम्म रोकिएका थिए। केरकारपछि उनलाई उडानका लागि अनुमति दिइएको छ।

गत सोमबार भारत गएका प्रसाईं शुक्रबार साँझ काठमाडौं फर्किने क्रममा सुरक्षा जाँचका नाममा रोकिएका हुन्। दिल्लीस्थित नेपाली दूतावास र भारतका अध्यागमन अधिकारीबीच सो विषयमा छलफलसमेत भएको थियो।

बिज्ञापन

“प्रसाईंलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेको रहेछ,” दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने, “उनी भारत आएको जानकारी पाएपछि निगरानी थप गरिएको थियो।”

नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२१८ मार्फत प्रसाईं काठमाडौं फर्किएका थिए। सो उडानका लागि उनको टिकट पहिले नै बुक गरिएको थियो। एयरलाइन्सका अनुसार दिल्ली–काठमाडौं उडान शुक्रबार बिहान ९ बजे दिल्लीबाट उडेको र नियमित तालिका अनुसार साँझ ४:४० बजे काठमाडौं अवतरण गर्ने तय थियो।

तर, विमान बिहीबार मर्मतका कारण दिल्लीमा ग्राउन्डेड भएकाले केही ढिलाइ भएको जनाइएको छ। एएआईईएसएल मर्मतशालामा जहाजको ब्रेक फ्यान गर्ने काम पहिल्यै तय भएको थियो।

दिल्ली विमानस्थलमा केरकारको क्रममा प्रसाईंले एक भारतीय नेतासँग हिन्दी भाषामा फोन सम्पर्क गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार केही दिनअघि पनि उनी यही नेपाल एयरलाइन्सको उडानबाट काठमाडौंबाट दिल्ली पुगेका थिए। त्यसबेला उनले बोर्डिङ गेटमा एयरलाइन्सका कर्मचारीसँग कुनै औपचारिक वा अनौपचारिक कुराकानी गरेका थिएनन्। प्रसाईं इकोनमी क्लासको सिटमा यात्रा गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka