Premier Cables
Premier Steel

अर्थ

रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् शुल्क बुझायो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | अपराह्न ३:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् शुल्कको किस्ता बुझाएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, कम्पनीले कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बुझाएको छ।

पूर्वमा लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको सुनसरीस्थित रिलायन्सले प्रिमियम महसुलको बक्यौता तिरेपछि आफ्नो बिजुली लाइन पुनः जडान भएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

बिज्ञापन

कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगको प्रिमियम महसुल भुक्तानीको पहिलो किस्ता बुझाएको हो। बक्यौता रकम ७५ करोड ३७ लाख रहेकोमा, यसलाई २८ किस्तामा विभाजन गरी रिलायन्सले पहिलो किस्ता दुई करोड ७७ लाख रुपैयाँ तिरेको छ।

तर रिलायन्सले उक्त रकमलाई ‘किस्ता’ नभई ‘विवादित रकम’ मान्दै धरौटीका रूपमा बुझाएको बताउँछ। गोल्याण ग्रुपकी कर्पोरेट कम्युनिकेसन म्यानेजर ज्योती गह्रेलाले भनिन्,

“विद्युत् लाइन तुरुन्त जडान गरिनेछ र त्यसपछि पुनरवलोकन, पुनरावेदनसहित न्यायिक प्रक्रियामा अघि बढ्ने सहमति भएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा उद्योग सञ्चालनमा समस्या र हजारौं श्रमिकको रोजगारी जोखिममा पर्ने भएकाले हामीले मध्यमार्ग अपनाएका हौँ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka