Premier Cables
Premier Steel

खेलकुद

ए डिभिजन लिग स्थगित भएपछि खेलाडीहरूको एन्फा मुख्यालयमा प्रदर्शन

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | अपराह्न १२:३३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । ए डिभिजन लिग स्थगित गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयविरुद्ध खेलाडीहरूले एन्फा मुख्यालयमा प्रदर्शन गरेका छन्।

नेपाल फुटबल खेलाडी संघको आयोजनामा बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि खेलाडीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले लिग तत्काल सञ्चालन गर्न माग गर्दै नाराबाजी गरेका थिए।

खेलाडी संघका अनुसार खेल्न पाउनु उनीहरूको आधारभूत अधिकार हो, तर पटक–पटक लिग स्थगित भएपछि उनीहरू सडकमा आउन बाध्य भएका हुन्। “हामीले पटक–पटक आग्रह गर्दा पनि एन्फाले लिग सञ्चालनमा बेवास्ता गरेको कारण अन्ततः प्रदर्शन गर्नुपरेको हो,” संघले जनाएको छ।

प्रदर्शनमा राष्ट्रिय टिमका खेलाडीहरूसँगै विभिन्न क्लबका खेलाडी र फुटबल समर्थकहरूको सहभागिता रहेको थियो। प्रदर्शन सुरु भएपछि एन्फा परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मुख्य गेट बन्द गरिएको र कार्यालयभित्र प्रवेश रोक लगाइएको छ।

एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग आयोजना गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध खेलाडीहरूले असन्तोष व्यक्त गर्दै प्रदर्शन गरेका हुन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka