Premier Cables

खेलकुद

झापा महिला गोल्ड कप-२०८२ आजदेखि

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १७, २०८२  | बिहान ९:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अन्तर्राष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता — एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ — आजदेखि झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु हुँदैछ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण भएको वर्षाले प्रतियोगिता दुई दिन पछि सारिएको हो। यसअघि प्रतियोगिता शनिबार, कार्तिक १५ गतेदेखि सुरु हुने तय गरिएको थियो।

विज्ञापन

प्रतियोगिता अध्यक्ष सन्तोष थोप्राका अनुसार तयारीका सबै काम पूरा भइसकेका छन्। उद्घाटन खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

यो प्रतियोगिता नेपालकै सबैभन्दा बढी पुरस्कार राशि भएको महिला गोल्डकप मानिएको छ। विजेता टोलीले रु १० लाख १० हजार, उपविजेताले रु ५ लाख पाउनेछन्।
सर्वोत्कृष्ट खेलाडीलाई रु १ लाख ५० हजार, र विभिन्न विधामा उत्कृष्ट ठहरिएका खेलाडीहरूलाई जनही रु २५ हजार प्रदान गरिनेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १५ हजार प्राप्त गर्नेछन्।

प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब र भारतको सिक्किमस्थित सिग्लिङ स्पोर्टिङ क्लब गरी आठ टोलीले सहभागिता जनाउनेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka