Premier Cables
Premier Steel

राजनीति

मिलेर समस्या समाधान गरौँ : प्रधानमन्त्री कार्की

Calendar आइतबार, कार्तिक १६, २०८२  | राती ९:२१ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएकी छन्। आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले सुरक्षित र निष्पक्ष निर्वाचनका तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिइन्।

उनले भनिन्, “निर्वाचनको वातावरण बनाउनु हाम्रो मुख्य प्राथमिकता हो। सुरक्षा निकायका लागि आवश्यक बन्दोबस्ती र सामग्रीको व्यवस्था भइरहेको छ। प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिद प्रक्रिया समेत अघि बढिसकेको छ।”

बिज्ञापन

प्रधानमन्त्री कार्कीले देशका विद्यमान समस्या समाधानका लागि सबै तहका सरकार र नागरिक मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “मुलुक हाम्रो हो, हामीले नै सुधार्ने हो। हामीले नसुधारे कसैले सुधारिदिँदैन। त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ।”

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka