Premier Cables
Premier Steel

समाचार

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन जेनजी प्रस्ताव, बालेनको पनि समर्थन

हर्क साम्पाङले आफूले समर्थन नगरेको बताए

Calendar बुधबार, भाद्र २५, २०८२  | राती ८:३८ बजे

विराटनगर । अन्तरिम सरकारको प्रधानमन्त्रीमा जेनजीका तर्फबाट पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव भएको छ ।

तर, अर्को समूहले बालेन हुनुपर्छ भन्दै असहमति जनाएको छ । उनीहरूले सेनाको जंगी अड्डा बाहिर नारावाजी गर्दै बालेन हुनुपर्छ भन्दै नारा लगाएका छन् ।

बिज्ञापन

सेनाले माइकिङ गरेर जेनजी संयोजक तोकेर पुनः वार्तामा आउन भनेको छ ।

काठमाडौं पुगेका धरानका मेयर हर्क साम्पाङले भने प्रधानसेनापतिले आफूसँगको भेटमा कार्कीको नाम प्रस्ताव भएको बताएको साम्पाङले संचारकर्मीहरुलाई बताएका छन् ।

बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।

उता बालेनले भने कार्कीलाई समर्थन गरेका छन् । साम्पाङले भने कार्की नै हुनुपर्छ भनेर आफूले समर्थन नगरेको फेसबुक स्टाटसमा लेखेका छन् ।

उनले आफू नेतृत्व लिन तयार रहेको समेत बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka