Premier Cables

विराटनगर

बिहार विधानसभा चुनाव: भारत-नेपाल सीमा जोगबनीमा सुरक्षा कडाइ

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १५, २०८२  | अपराह्न २:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी बिहार विधानसभा चुनावलाई ध्यानमा राख्दै भारत–नेपाल सीमामा सुरक्षा व्यवस्था कडा बनाउन जोगबनीस्थित एकीकृत जाँच चौकी (आइसिपी) मा दुवै देशका शीर्ष सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ।

बैठकमा भारततर्फबाट एसएसबी पूर्णिया सेक्टरका डीआईजी राजेश टिक्कू, डीआईजी पूर्णिया रेंज प्रमोद मंडल (आईपीएस), पुलिस अधीक्षक अररिया सुरेश चन्द्र देव (आईपीएस) लगायत उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति थियो।

विज्ञापन

यस्तै, नेपालतर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्री इन्द्रदेव यादवको नेतृत्वमा मोरङ प्रहरी प्रमुख (एसपी) कवित कटवाल, सशस्त्र प्रहरी (APF) मोरङ एसपी राजेश घिमिरे, नेशनल इन्वेस्टिगेशन डिपार्टमेन्ट (NID) का एसपी एवं उप–महानिदेशक राजन शर्मा सपकोटा सहित अन्य सुरक्षा निकायका अधिकारी सहभागी भए।

भारततर्फबाट बैठकमा एसपी अररिया, एसएसबी 52वीं बटालियनका कमाण्डेन्ट, एसडीपीओ, अररिया जिल्लाका विभिन्न एसएचओहरू, चुनाव ड्युटीमा रहने कम्पनीहरूका एडहॉक कमाण्डेन्ट तथा कम्पनी कमाण्डर, साथै आव्रजन, सीमा शुल्क, रेलवे, र अन्य सहयोगी एजेन्सीका प्रतिनिधिहरू पनि सहभागी थिए।

बैठकमा आगामी चुनावका कारण सीमामा हुने आवतजावत, अवैध गतिविधि, तस्करी नियन्त्रण, सूचनाको आदान–प्रदान, संयुक्त गस्ती तथा सीमा पार सुरक्षामा थप समन्वयका विषयमा विस्तृत छलफल गरिएको बताइएको छ।

दुवै देशका सुरक्षा निकायहरूले चुनाव अवधिमा सीमा सुरक्षा कडाई गर्दै संवेदनशील नाका, अनधिकृत आवागमन, मादक पदार्थ तथा अवैध सामग्री तस्करी रोकथाममा शून्य सहनशीलता अपनाउने सहमति जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka