Premier Cables

खेलकुद

कप्तान रोहित पौडेलको यूएईविरुद्ध शान्दार शतक, ओडिआई करिअरको दोस्रो सय

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८२  | अपराह्न ३:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा भइरहेको खेलमा नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै यूएईविरुद्ध शतक पूरा गरेका छन्।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा बिहीबार भएको खेलमा रोहितले १२६ बलमा शतक प्रहार गरे। उनले आफ्नो पारीमा ५ चौका र १ छक्का हिर्काए। यो उनको एकदिवसीय करिअरको दोस्रो शतक हो।

विज्ञापन

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभरमा ६ विकेटको क्षतिमा २०७ रन बनाएर खेलिरहेको छ।

यसअघि रोहितले सन् २०२२ मा पपुवा न्यूगिनीविरुद्ध घरेलु मैदानमा पहिलो शतक प्रहार गरेका थिए। त्यही खेलमा पनि उनले १२६ रन बनाएका थिए।

रोहितले अहिलेसम्म ७४ एकदिवसीय खेल खेलेका छन्, जसमा उनले २ शतक र ११ अर्धशतकको मद्दतमा १९ सय रन पूरा गरिसकेका छन्। सन् २०७९ कात्तिकदेखि उनले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालेका हुन्।

उनको कप्तानीमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ — सन् २०२४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो, र आगामी संस्करणमा पनि उनकै नेतृत्वमा नेपालले विश्वकप खेल्ने तयारीमा छ।

रोहितले १६ वर्षको उमेरमा आफ्नो पहिलो एकदिवसीय खेल खेलेका थिए। तेस्रो खेलमै उनले अर्धशतक प्रहार गर्दै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने नेपाली खेलाडी बनेका थिए।
२० वर्ष ७३ दिनको उमेरमा कप्तान बनेका उनी एकदिवसीय क्रिकेट इतिहासका दोस्रो कान्छा कप्तान हुन्।

त्यसबाहेक, उनी एकदिवसीय क्रिकेटमा १००० रन पूरा गर्ने नेपालका पहिलो ब्याट्सम्यान हुन् र हाल नेपालका सबै ढाँचामा सर्वाधिक रन बनाउने खेलाडीहरूमा गनिन्छन्।

रोहितले सन् २०७५ साउनमा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय डेब्यू गरेका थिए। डेब्यूका समयमा उनी १५ वर्ष ११ महिनाका मात्र थिए, जसका कारण उनी विश्व क्रिकेट इतिहासका चौथो कान्छा ओडिआई खेलाडी बनेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka