






काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ ।
यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसंगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यस सिरिजमा पहिलो पटक ब्याटिंग गर्न लागेको छ ।
यस खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आज सोमपाल कामी, गुलशन झा र आसिफ सेखलाई बाहिर राख्दै नन्दन यादव, बसिर अहमद र अनिल शाहलाई अवसर दिइएको छ ।
आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ ।
यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसंगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यस सिरिजमा पहिलो पटक ब्याटिंग गर्न लागेको छ ।
यस खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आज सोमपाल कामी, गुलशन झा र आसिफ सेखलाई बाहिर राख्दै नन्दन यादव, बसिर अहमद र अनिल शाहलाई अवसर दिइएको छ ।
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।
नेपालले यस सिरिजमा यसअघि खेलेका तीन मध्ये २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो ।
त्यस्तै तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध २ रनको झिनो अन्तरको हार बेहोरेको थियो ।