Premier Cables
Premier Steel

राष्ट्रिय

सरकार, राजनीतिक दल र जेनजीबीच आज वार्ता

Calendar बुधबार, कार्तिक १२, २०८२  | बिहान १०:१८ बजे

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी सघाउन सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्ताबीच त्रिपक्षीय वार्ता गर्ने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो। सरकारका तर्फबाट राजनीतिक दल र जेनजी समूहका प्रतिनिधिलाई छलफलमा सहभागी हुन आमन्त्रण गरिएको छ।

बिज्ञापन

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको वातावरण निर्माण गर्न पहिलो पटक सरकार, दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको हो।

उनले प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सरकार क्रमिक रूपमा दलहरू र सरोकारवालासँग निरन्तर परामर्श र छलफलमा रहेको जानकारी दिए। यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलबीच भएको छलफलमा पनि निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने सहमति बनेको थियो।

प्रधानमन्त्री कार्कीले आह्वान गरेको सर्वदलीय बैठकमा सबै पक्षले समयमै निर्वाचन सम्पन्न गर्न सकारात्मक सहमति जनाएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka