विराटनगर । झापाको बिर्तामोड नगरपालिका–१०, फेसबुक चोककी ५५ वर्षीया तालामाई मर्डीको शुक्रबार अपरान्ह करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार मर्डीले बिर्तामोड–१० का कुमार मगरको घरबाट तार टाँगेर आफ्नै घरमा बिजुली प्रयोग गर्दै आएकी थिइन् । शुक्रबार अपरान्ह करिब १२ः१५ बजे बिजुली बिग्रिएर बत्ती नबलेपछि तार मर्मत गर्न खेतमा पुगेकी उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
बिज्ञापन
करेन्ट लागेपछि मर्डीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव खेतमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।