Premier Cables

खेलकुद

टी-२० विश्वकप छनोट: नेपालले यूएईलाई दियो मध्यम लक्ष्य

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | साँझ ६:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले यूएईविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो। ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याए।

विज्ञापन

आसिफले ४७ बलमा ५ चौका सहित ५१ रनको योगदान दिए। कुशल भुर्तेलले २८ रन जोड्दा कप्तान रोहित पौडेलले २० रन बनाए। अन्तिमतिर गुल्शन झाले ५ बलमा २ चौका प्रहार गर्दै १४ रन बनाएका थिए।

पहिलो १० ओभरमा नेपालले मात्र १ विकेट गुमाएर ७३ रन बनाएको थियो। तर त्यसपछिको रनगति सुस्त हुँदा नेपालले दोस्रो १० ओभरमा स्कोर दोब्बर पार्न सकेन।

यूएईका लागि बलिङतर्फ जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान रूपमा १–१ विकेट लिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka