Premier Cables
Premier Steel

राष्ट्रिय

प्रचण्डको घरबाट दुई ट्रक पैसा अन्तै सारिएको हो ? सचिवालयबाट भने खण्डन

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | अपराह्न १२:१८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । जेन-जी आन्दोलन सुरु हुनुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ निकालेर अन्यत्र लगिएको’ भन्ने दाबीको प्रचण्डको सचिवालयले खण्डन गरेको छ।

सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई घरेलु काममा प्रयोग गरिएको भन्ने आरोपमा पनि कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।

बिज्ञापन

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यमहरूमा प्रचण्ड निवासबाट दुई ट्रक रकम सारिएको, सुरक्षाकर्मीलाई घरेलु काममा लगाइएको, र गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भन्ने जस्ता निराधार आरोपहरू सार्वजनिक गरिएको छ। हामी ती आरोपहरूको प्रमाण पेस गर्न चुनौती दिन्छौं।”

२४ भदौमा जेन-जी आन्दोलनको दोस्रो दिन प्रचण्ड तथा उनका छोरीहरू रेणु र गंगा दाहालको घरमा आगजनी भएको थियो। त्यसपछि नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलमा प्रचण्ड निवासबाट रकम दुई ट्रकमा लोड गरी अन्यत्र लगिएको दाबी गरेका थिए।

प्रचण्डको सचिवालयले यस्ता आरोपहरूको निष्पक्ष अनुसन्धान गरिनु पर्ने र डिजिटल माध्यमबाट गरिएका भ्रमपूर्ण प्रचारहरू साइबर कानुनअनुसार गैरकानुनी हुने भएकाले सम्बन्धित निकायमा अनुसन्धान र कारबाहीका लागि अनुरोध गरिएको बताएको छ।

यसैबीच, सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहालको सुरक्षामा खटाइएका केही सुरक्षाकर्मीहरू फिर्ता बोलाएको छ। सरकारका अनुसार सुरक्षा कार्यविधिमा उल्लिखित मापदण्ड उल्लंघन गर्दै अत्यधिक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोले ती घटाइएको हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka