कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतको कार्यकाल सकियो
नोट: यो समाचार ३ महिना अघिको हो
आइतबार, असोज २६, २०८२ |
बिहान १०:१९ बजे
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को कार्यकाल पूरा भएको छ।
उनी २०७८ साल असोज २५ गते तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले चार वर्षका लागि सदस्य सचिवमा नियुक्त भएका थिए। तर, राजनीतिक समीकरण परिवर्तन भई राजेन्द्र राई नेतृत्वको सरकार बनेपछि २०७८ साल चैत २२ गते बस्नेतलाई बर्खास्त गरिएको थियो। त्यसपछि हंशराज वाग्लेले सदस्य सचिवको जिम्मेवारी लिएका थिए।
बिज्ञापन
बस्नेतले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै अदालतको ढोका ढकढक्याएका थिए। उच्च अदालत विराटनगरले २०८१ वैशाख १९ गते बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गर्दै पुनः बहालीको बाटो खोलिदियो। सो आदेशपछि करिब डेढ वर्षपछि उनी पुनः बोर्डमा फर्किएका थिए।