Premier Cables

खेलकुद

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतको कार्यकाल सकियो

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | बिहान १०:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को कार्यकाल पूरा भएको छ।

उनी २०७८ साल असोज २५ गते तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले चार वर्षका लागि सदस्य सचिवमा नियुक्त भएका थिए। तर, राजनीतिक समीकरण परिवर्तन भई राजेन्द्र राई नेतृत्वको सरकार बनेपछि २०७८ साल चैत २२ गते बस्नेतलाई बर्खास्त गरिएको थियो। त्यसपछि हंशराज वाग्लेले सदस्य सचिवको जिम्मेवारी लिएका थिए।

विज्ञापन

बस्नेतले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै अदालतको ढोका ढकढक्याएका थिए। उच्च अदालत विराटनगरले २०८१ वैशाख १९ गते बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गर्दै पुनः बहालीको बाटो खोलिदियो। सो आदेशपछि करिब डेढ वर्षपछि उनी पुनः बोर्डमा फर्किएका थिए।

अब चार वर्षे कार्यकाल पूरा भएसँगै बस्नेत पदमुक्त भएका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka