गृहले दिउँसो ७७ जिल्लाकै सिडिओसँग छलफल पछि यस्तो निर्देशन जारी गरेको हो। गृहले सबै सिडिओ र सुरक्षा प्रमुखलाई कार्यालयमा २४ सै घण्टा उपलब्ध हुनसमेत निर्देशन जारी गरेको छ।
देशभर शुक्रबारदेखि सुरु भएको अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध हुनुका साथै मनसुनजन्य विपद्को अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले आठ बुँदे निर्देशन जारी गरेको हो ।