Premier Cables

राष्ट्रिय

उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज १८, २०८२  | साँझ ७:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ। गृह मन्त्रालयले उद्धारका लागि हेलिकोप्टर आवश्यक परे तत्काल सम्पर्क गर्न ७७ जिल्लाका प्रमुखहरूलाई निर्देशन जारी गरेको छ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न भनिएको छ ।

विज्ञापन

बाढी पहिरोमा फसेका नागरिकको उद्धारका लागि गृहले नेपाली सेनासहित निजी क्षेत्रलाई हेलिकोप्टर तयार राख्न निर्देशन दिएको छ ।

गृहले दिउँसो ७७ जिल्लाकै सिडिओसँग छलफल पछि यस्तो निर्देशन जारी गरेको हो। गृहले सबै सिडिओ र सुरक्षा प्रमुखलाई कार्यालयमा २४ सै घण्टा उपलब्ध हुनसमेत निर्देशन जारी गरेको छ।

देशभर शुक्रबारदेखि सुरु भएको अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध हुनुका साथै मनसुनजन्य विपद्‌को अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले आठ बुँदे निर्देशन जारी गरेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka