Premier Cables
Premier Steel

समाचार

जोगवनी तनाव साम्य, स्थिति सामान्य

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, असोज १०, २०८२  | साँझ ५:२० बजे

विराटनगर । विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनीमा उत्पन्न तनाव अहिले साम्य भएको छ। इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरिएको आरोपपछि मुस्लिम समुदायले विरोध प्रदर्शन सुरु गरेसँगै तनाव चुलिएको थियो।

मुस्लिम समुदायले हिन्दु समुदायका केही व्यक्तिले सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको आरोप लगाएका थिए। त्यसपछि बजरंग दलका युवाहरूसमेत घटनास्थलमा आएपछि दुई समुदायबीच दोहोरो झडप भएको थियो।

बिज्ञापन

घटना सुरु भएपछि जोगवनीको बजार क्षेत्र बिहानैदेखि तनावग्रस्त बन्यो। नेपालीहरूको किनमेलको प्रमुख गन्तव्य रहेको जोगवनीमा त्यसबेला किनमेलका लागि पुगेका सयौँ नेपालीबीच भागदौड मच्चिएको थियो। स्थिति असामान्य बनेपछि नेपाल–भारत सीमा नाका बन्द गरिएको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, “जोगवनीमा तनावपछि सीमा तत्कालका लागि बन्द गरिएको थियो। अहिले भने अवस्था सामान्य छ र आवतजावत पुनः सुचारु भएको छ।”

तनावका कारण नेपालतर्फको रानी नाकामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। सुरक्षाकर्मीहरूले बिहानदेखि नै जोगवनी जान लागेका नेपालीलाई सीमा क्षेत्रमा रोकेका थिए। करिब ११ बजेदेखि सुरु भएको तनाव दिउँसोसम्ममा नियन्त्रणमा आएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka