Premier Cables
Premier Steel

राष्ट्रिय

प्रचण्डले भने- जिम्मेवारीबाट अहिले हट्ने सोच छैन

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०९, २०८२  | अपराह्न १२:५२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पदका लागि लोभी नभए पनि अहिले जिम्मेवारीबाट पछि हट्ने मनस्थिति नभएको स्पष्ट पारेका छन्।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने प्रतिवद्धता जनाए।

बिज्ञापन

‘म पदको लालच गर्ने मान्छे हैन। तर, अहिले यो जिम्मेवारीबाट हट्ने सोच पनि छैन,’ प्रचण्डले भने, ‘राष्ट्र, पार्टी र क्रान्तिको लागि अन्तिम समयसम्म लडिरहने प्रण गर्छु।’

उनले पार्टीभित्र नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम समझदारी आवश्यक रहेको पनि बताए।

पछिल्लो समय पार्टीका महासचिव जनार्दन शर्माले प्रचण्डलाई राजीनामा दिन दबाब दिँदै आएका छन्। सो दबाबको प्रत्युत्तरस्वरूप प्रचण्डले असोज ५ गतेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव ल्याएका थिए।

आजको केन्द्रीय समिति बैठकबाट उक्त प्रस्ताव अनुमोदन हुने अपेक्षा गरिएको छ। त्यसपछि प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठनको तयारी भइरहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka