Premier Cables
Premier Steel

विराटनगर

जोगबनीबाट दाैडियो बन्दे भारत एक्सप्रेस, दक्षिण भारत जोड्ने सेवा पनि शुरु

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, भाद्र ३०, २०८२  | साँझ ४:४१ बजे

विराटनगर । सोमबार भारतको पूर्वी क्षेत्रमा रेल सेवाको क्षेत्रमा ऐतिहासिक दिन बनेको छ। विराटनगर सिमावर्ती जोगबनीबाट ‘जोगबनी-दानापुर बन्दे भारत एक्सप्रेस’ ले सेवा शुरु गरेको छ ।

यो भारतको सबैभन्दा द्रूत रेल सेवा हो । यो संगै जोगबनीबाट दक्षिण भारत र अन्य क्षेत्रसम्म चल्ने चारवटा सेवा शुरु भएको छ । यसबाट नेपाली यात्रुहरुलाई समेत सुविधा हुने छ ।

बिज्ञापन

रेल सेवा विशेषगरी सीमावर्ती क्षेत्र र बिहारको राजधानी पटना (दानापुर) बीचको दूरी छोट्याउने लक्ष्यका साथ सुरु गरिएको बताइएको छ ।

आजको दिनलाई अझ ऐतिहासिक बनाउँदै भारतीय रेलमन्त्री अश्विनी वैष्णवले एकैपटक चारवटा नयाँ रेलसेवाहरूको उद्घाटन गरेका हुन् । जसमा पूर्वी भारतदेखि दक्षिण भारतसम्मका यात्रु लाभान्वित हुनेछन्।

आज उद्घाटन गरिएका ४ प्रमुख रेल सेवाहरूमा सहरसा–अमृतसर ‘अमृत भारत एक्सप्रेस’ रहेको छ। यो मिथिलाञ्चलदेखि पञ्जाबसम्मको लामो दूरीको यात्रालाई सहज बनाउने उद्देश्यले सुरु गरिएको मन्त्री वैष्णवले बताए । विशेषगरी प्रवासी मजदुर र तीर्थयात्रीहरूलाई लक्षित गरिएको जोगबनी-इरोड’अमृत इन्डिया एक्सप्रेस’ बिहारदेखि तमिलनाडुको इरोडसम्मको यात्रा गर्ने छ । यसबाट अब छिटो र आरामदायी ढंगले उत्तर-दक्षिण भारतबीचको सम्पर्क स्थापित हुने उनले उद्घाटनका अवसरमा जोगबनीमा बताए ।

जोगबनी–दानापुर ‘वन्दे भारत एक्सप्रेस’: अत्याधुनिक सुविधा, उच्च गति र आधुनिक प्रविधिबाट सजिएको छ । उद्घाटन समारोह फारबिसगञ्ज नजिकैको स्टेसनमा आयोजना गरिएको थियो।
कटिहार-सिलगढी हुँदै बीबीगंज रेल सेवा पनि शुरु भएको छ ।

यो रेलले उत्तर-बंगाल र सीमावर्ती क्षेत्रहरूलाई सुलभ यातायात सेवा प्रदान गर्नेछ। कटिहार, सिलगढी, र बीबीगंज जस्ता महत्त्वपूर्ण स्टेसनहरू अब एकै रुटमा जोडिएका छन् ।
रेल उद्घाटनको खबरसँगै विराटनगरबासीले समेत सहज ढंगले सेवा पाउने छन् ।‌

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka