Premier Cables
Premier Steel

समाचार

प्रधानन्यायधीश भएकै बखत सुशीला कार्की सहभागी विराटनगरको त्यो कार्यक्रम.. !

Calendar शुक्रबार, भाद्र २७, २०८२  | राती ९:०४ बजे

विराटनगर । सर्वोच्च अदालतकी प्रधानन्याधीीश सुशीला कार्कीले सर्वोच्च अदालतको प्रधान न्यायाधीश भएकै बखत विराटनगर आएकी थिइन ।

सन् २०१६ अगस्त २४ तारिखका दिन विराटनगरमा सर्वोच्च अदालतले आयोजना गरेको न्यायिक सुशासन र न्यायमा पहुँच विषयक अन्तरक्रियामा उनी सहभागी भएकी थिइन ।

बिज्ञापन

कार्कीले न्याय क्षेत्रमा भ्रष्टाचार हुने कुरा नकार्न नसकिने भन्दै यसलाई निर्मुल पार्न सबैको सहयोगको खाँचो रहेको बताइन । भ्रष्टाचार भयो भन्ने जानकारी आएपनि कहाँ कसरी भयो भनेर ठोस विषय नआइँदा नियन्त्रण गर्न असजिलो हुने गरेको भन्दै कानुन व्यवसायीले सहयोग नगरेका कारण अदालतमा हुने भ्रष्ट्राचार रोक्न नसकिएको जिकिर गरिन ।

न्याय क्षेत्रमा लागेका कोही गाडी चढेर हिड्ने तर कसैलाई कात्रो समेत किन्न पैसा नहुनाले पनि भ्रष्टाचार भएको अनुमान गर्न सकिने भन्दै यसमा अनुमगन र मुल्याङकन गर्न जरुरी रहेको उनको भनाइ थियो । कार्यक्रममा कानुन व्यवसायीहरुले विदेश जाने साक्षीको बयान अगाडि नै गर्ने व्यवस्था गर्न, विदेशमा भएकाले ईमेलबाट तारिख लिने व्यवस्था गर्न माग गरेका थिए ।

पारिवारिक मुद्दाहरु बढ्दै गएको र त्यसलाई गहन रुपमा हेर्नुपर्ने भएकाले पारिवारिक अदालत या पारिवारिक बेञ्चको व्यवस्था गर्नुपर्ने कानुन व्यवसायीहरुले माग गरे । साइबर क्राइम र राज्यविरुद्धको अपराधका मुद्दा काठमाण्डौंमा लानुपर्ने भएकाले त्यसलाई विकेन्द्रीत गर्न, अदालतमा पुस्तकालय र कानुन पत्रिकाको सर्वसुलभ रुपमा व्यवस्था गर्न कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश समक्ष माग गरेका थिए ।

कतिपय मुद्दाहरुमा प्रहरीले जाहेरी नलिदा परमादेशमा जानुपरेकाले खर्च बढेको, तारेख लिन १० बजे बोलाउने र तारिख एक घण्टामा दिने भनिएपनि १० बजे बोलाएर ५ बजे दिने गरिएको कानुन व्यवसायीले गुनासो गरेका थिए ।

कार्यक्रममा सर्वोच्च अदातलका तत्कालीन रजिष्ट्रार श्रीकान्त पौड्याल,सहरजिष्ट्रार विपुल न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka