Premier Cables
Premier Steel

समाचार

निषेधाज्ञा तथा कर्फ्युमा के गर्न मिल्दैन?

Calendar बुधबार, भाद्र २५, २०८२  | बिहान १०:१२ बजे

काठमाडौं । नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने सेनाले जनाएको छ ।

बिज्ञापन

निषेधाज्ञा तथा कर्फ्युमा अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्नेछ । आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले भनेको छ ।

सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमण नगर्न आग्रह गरेको छ । यदि, यी कार्य गरेमा दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने सेनाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

“राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाईराख्ने आ–आफ्नो दायित्वलाई निरन्तरता दिननुहुने कुरामा नेपाली सेना विश्वस्त छ,” विज्ञप्तिमा उल्लेख छ, “जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुर्‍याउन अपिल गरिन्छ ।”

सेनाले भ्रम नफैल्याउन र आधिकारिक सूचनामा मात्रै विश्वास गर्न पनि आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka