Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरको रेन्को पेनलाई ग्लोबल इमर्जिङ स्टेशनरी ब्रान्ड अवार्ड

Calendar बुधबार, भाद्र १८, २०८२  | साँझ ७:२६ बजे

विराटनगर । विराटनगरकाे स्टेशनरी ब्रान्ड रेन्को पेनले इन्टरनेशनल आइकन अवार्डमा अन्तर्राष्ट्रिय स्तरकाे सम्मान प्राप्त गरेकाे छ ।

कम्पनीले बेस्ट ग्लोबल इमर्जिङ स्टेशनरी ब्रान्ड अवार्ड २०२५ जित्न सफल भएकाे हो प्राप्त गरेको हो। यो प्रतिष्ठित पुरस्कार बलिउड आइकन मलाइका अरोराले प्रदान गरिन । यसले रेन्कोको नवप्रवर्तन, प्रिमियम गुणस्तर, र स्टेशनरी अनुभवलाई पुनः परिभाषित गर्ने प्रतिबद्धतालाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिएको छ।

बिज्ञापन

यो उपलब्धिले नेपाल बजारमा रेन्को पेनको तेज र पहिचानलाई थप मजबुत बनाएको छ। अनौठा डिजाइन, उत्कृष्ट लेखाइको सहजता, र नेपाललाई स्टेशनरी उद्योगमा विश्वमञ्चमा स्थापित गर्ने समर्पणका कारण रेन्कोले छोटो समयमा नै ठूलो मान्यता पाएको छ।

रेन्को पेनका प्रबन्ध निर्देशक नविन झुनझुनवाला ले भने, “यो पुरस्कार केवल रेन्को पेनको मात्र होइन, यो नेपालकै गौरव हो। हाम्रो यात्रामा साथ दिनुहुने सबै शुभेच्छुक, साझेदार, र नेपाली जनताको प्रेरणालाई समर्पित छ।”

यो पुरस्कारले रेन्कोको दृष्टिकोणलाई अझ प्रष्ट्याए, कार्यक्षमता र नवप्रवर्तनलाई संयोजन गरी प्रिमियम स्टेशनरी उत्पादन गर्न प्रेरणा मिलेकाे उनले बताए। बढ्दो निर्यात र नेपालभित्रको तीव्र विस्तारले रेन्को पेनलाई नेपालका सीप र सिर्जनशीलताको वैश्विक दूत बनाउन मद्दत गरिरहेको छ।

रेन्को नेपालबाट उदाएको एक प्रिमियम स्टेशनरी ब्रान्ड हो । जसले पेन, मार्कर, ग्लु स्टिक, स्केच पेन लगायतका उपकरणहरू उत्पादन गर्छ । जसमा शैली, सहजता र भरपर्दोपनको मेल हुन्छ।

रेन्कोले नेपालमा Parker, Brustro (Arts Materials), Gorilla Tapes, Amigo Calculators, र छिट्टै आउने Stori (पेन्सिल) जस्ता ब्रान्डहरूलाई पनि आफ्नो छातामुनि समेटेको छ। आफ्नो दूरदर्शी दृष्टिकोणका साथ रेन्कोले नेपाललाई विश्व स्टेशनरी उद्योगमा चिनाउने लक्ष्य लिएको जनाइएकाे छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka