Premier Cables
Premier Steel

अपराध

गौरीगञ्ज नाकाबाट फर्सीको बियाँ तस्करी, ६ जना एसएसबीको नियन्त्रणमा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १८, २०८२  | अपराह्न १२:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रंगेली । झापाको गौरीगञ्ज नाकाबाट भारततर्फ फर्सीको बियाँ समेत तस्करी हुने गरेको खुलासा भएको छ । सीमापार सुरक्षाकर्मीहरुको समूहले तस्करीमा संलग्नलाई पक्राउ गरेपछि यो घटना सार्वजनिक भएको हो । भारतको सिमाना सुरक्षाबलले नेपालबाट तस्करी हुँदै गरेको ठूलो परिमाणम फर्सीको बियाँसहित ६ जनालाई पक्राउ गरेको छ ।

भारतको एसएसबी १२ बटालियन माफिटोला क्याम्प र फत्तेपुर पुलिस थानाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा ७५ बोरा फर्सीको बियाँसहित दुईवटा पिकअप भ्यान, र दुईवटा ट्याक्टर बरामद गरेको छ ।

बिज्ञापन

एसएसबी इन्चार्ज इन्स्पेक्टर राजेश कुमारका अनुसार, नेपालबाट भारततर्फ गैरकानुनी रूपमा बीउ र अन्य सामग्री तस्करी भइरहेको सूचना पाएपछि सोही आधारमा लालापानी–खनियावाद सीमा क्षेत्रमा निगरानी बढाइएको थियो । रातिको समयमा तस्करलाई गाडीसहित नियन्त्रणमा लिइएको उनले बताए ।

पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन । तर, नेपाली नागरिकसमेत संलग्न रहेको आशंका छ । बरामद सामग्रीसहित पक्राउ परेका व्यक्तिहरूलाई भारतीय भन्सार कार्यालयमा बुझाइएको छ।

गौरीगञ्ज गाउँपालिका पारिपट्टिको भारतीय गाउँमा रातिको समयमा तस्करी गतिविधि बढेसँगै स्थानीय बासिन्दाले राति सुत्नसमेत नपाएको गुनासो गरेका छन्। गाडीका गाडी ओहोरदोहोरले समस्या हुने गरेको उनीहरु बताउँछन् ।

स्थानीय स्रोतका अनुसार, गौरीगञ्ज नाकाबाट विगत केही महिनादेखि फर्सीको बीऊ, चाइनिज स्याउ, मटर, मरिच, पपकर्न जस्ता वस्तुहरूको तस्करी हुँदै आएको थियो। यो धन्दामा गौरीगञ्जका विनोद र सञ्जीव नामक व्यक्तिहरू सक्रिय रहेको स्रोतको दाबी छ । मुख्य व्यक्ति भने झापा गाउँपालिकाका ‘जीवन’ नामक व्यक्ति रहेको बताइन्छ ।

उनीहरूको समूहले स्थानीय प्रहरी, सशस्त्र प्रहरी र केही भन्सार अधिकारीहरूसँग मिलेमतोमा ट्र्याक्टर र पिकअप प्रयोग गरी सरसामान ओसारपसार गर्दै आएको आरोप छ।

घटनाबारे सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म गौरीगञ्जले अनुसन्धान शुरु गरेको छ । भारतमा नेपालतर्फबाट गएको फर्सीका बियाँ र अन्य सामग्री सहित केही व्यक्ति पक्राउ परेको भन्ने जानकारी आएको नेपाली सुरक्षकर्मीको भनाइ छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka