Premier Cables
Premier Steel

समाचार

उत्तराखण्डबाट उद्धार गरिएका नेपाली सुरक्षित स्थानमा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | बिहान ८:३५ बजे
Hamro Biratnagar Headlines

वाराणसी । भारतको उत्तराखण्डको उत्तरकाशी क्षेत्रबाट बाढी र पहिरोका कारण अलपत्र परेका नेपाली नागरिकहरूको उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको छ। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

साउन २४ गते (अगस्ट ८, २०२५) मा कालिकोटका प्रशान्त कामु उद्धार गरिएको थियो ।

बिज्ञापन

साउन २५ गते (अगस्ट ९, २०२५) मा उद्धार गरिएका नागरिकहरूमा प्रशान्त शाह, कोमल शाह, र रमन शाह (तीनै जना श्रीमान्, श्रीमती र छोरा), गंग बाबुका छोरा दिश, दिशा (गंगका श्रीमती), सूर्य शाहीका छोरा विष्णु शाही (हरिद्वार गएका), पवित्र सिंहका छोरा बिक्रस सिंह (हरिद्वार गएका), नरसिंह बोहोराका छोरा बहादुर बोहोरा (हरिद्वार गएका), गणेश बहादुर शाहीका छोरा ध्वराज शाही, राज बहादुर शाहीका छोरा लाल बहादुर शाही (उत्तरकाशीमा बसोबास), दिपेन्द्र शाहीका छोरा सुरेश शाही (बझाङ), र नरेन्द्र शाहीका छोरा अनन्दरुद्र (बझाङ) छन्।

उद्धार गरिएका सबै नागरिकहरूको अवस्था सामान्य रहेको जनाइएको छ। उद्धार कार्यमा नेपाली दूतावास, स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता रहेको छ।

थप नेपाली नागरिकहरूको खोजी र उद्धार कार्य जारी रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka