Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतमा टिकटक खुला, तर सरकार भन्छ- प्रतिबन्ध यथावत

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र ०७, २०८२  | बिहान ६:३८ बजे
Hamro Biratnagar Headlines

नयाँदिल्ली। भारतमा पाँच वर्षपछि चिनियाँ भिडियो स्ट्रिमिङ प्लेटफर्म टिकटक र अनलाइन सपिङ वेबसाइट अली एक्सप्रेस को वेबसाइटहरू पुनः सञ्चालनमा आएका छन्। सन् २०२० मा भारत सरकारले सुरक्षा कारण देखाउँदै यी सहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो।

हाल टिकटक को वेबसाइट भारतमा खोल्न सकिने भए पनि मोबाइल एप भने अझै पनि गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध छैन। त्यसैगरी, अली एक्सप्रेस वेबसाइट पनि भारतमा पुनः पहुँच योग्य बनेको आजतकको अनलाईन संस्करणमा उल्लेख छ ।
तर, भारतीय सरकारी स्रोतहरूका अनुसार सरकारी रूपमा प्रतिबन्ध भने अझै पनि कायम नै छ। अर्थात्, एपहरूमा प्रतिबन्ध उस्तै रहे पनि वेबसाइटहरू खुल्न थालेका छन्, जुन सम्भवतः प्राविधिक कारण वा फिल्टर अपडेटका कारण हुनसक्छ।

बिज्ञापन

सरकारले यसबारे आधिकारिक रुपमा कुनै नयाँ घोषणा गरेको छैन, तर विज्ञहरूका अनुसार सुरक्षा र डेटा गोपनीयताको विषय अझै पनि चिन्ताको विषय बनेको छ।

लद्दाखको विवादपछि भयो बन्द
सन् २०२० को जुन महिनामा भारत र चीनबीच लद्दाखको गलवान उपत्यकामा भएको झडपपछि भारतले राष्ट्रिय सुरक्षा खतरा भन्दै TikTok, UC Browser, ShareIt, CamScanner लगायतका एप्समाथि प्रतिबन्ध लगाएको थियो।

यसपटक वेबसाइटहरू खुल्न थालेको अवस्थालाई केही प्रयोगकर्ताहरूले “प्रतिबन्ध हट्ने संकेत”का रूपमा हेरे पनि सरकारी दृष्टिकोण अझै कडाइमै देखिन्छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka