Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरमा स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी अभिमुखिकरण सम्पन्न

Calendar शुक्रबार, भाद्र ०६, २०८२  | राती ८:४३ बजे

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम सहजको प्राविधिक सहयोगमा शुक्रबार विराटनगरमा स्टार्टअप तथा नवप्रवर्तनसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोरङ र सुनसरीका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष, प्रतिनिधि तथा स्थानीय तहका अधिकृतहरूको सहभागिता थियो। कार्यक्रममा उद्यमशीलताको अवधारणा, सफल उद्यम निर्माण, उद्योग व्यवसाय क्षेत्रमा नवप्रवर्तनलाई अघि बढाउने उपायलगायत विषयमा छलफल गरिएको थियो।

बिज्ञापन

कार्यक्रममा बोल्दै अध्यक्ष राउतले युवाले आर्जन गरेको सीप, उत्साह र प्रविधि प्रयोग गर्ने क्षमताले डिजिटल उद्यमशीलता र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न सक्ने बताउँदै, यसै माध्यमबाट रोजगारी सिर्जना, लगानीको वृद्धि र आत्मनिर्भर प्रदेश निर्माण सम्भव हुने धारणा राखे। उनले स्थानीय समस्याको समाधान स्थानीय सोच र नवप्रवर्तनमै रहेको उल्लेख गर्दै, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गरी प्रदेशलाई तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

महासंघले यस प्रकारको अन्तरक्रियाबाट निजी क्षेत्र र स्थानीय सरकारबीच आपसी सहकार्य सुदृढ हुने र कोशी प्रदेशलाई उद्यमशीलता र समृद्धिको केन्द्र बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

यस्तै अभिमुखिकरण कार्यक्रम मेची औद्योगिक करिडोरका स्थानीय तह र उद्योग वाणिज्य संघहरूसँगको सहकार्यमा झापाको बिर्तामोडमा पनि सम्पन्न गरिएको महासंघले जनाएको छ।

कार्यक्रममा स्टार्टअप तथा नवप्रवर्तन विज्ञ निरज खनाल र अनिल पराजुलीले सहभागीहरूलाई विषयवस्तुमा विस्तृत सहजीकरण गराएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka