Premier Cables
Premier Steel

शेयर बजार

नेप्से परिसूचक बढ्यो ,कारोबार रकम घट्यो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०२, २०८२  | साँझ ४:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७७.३९ बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् आइतबार घटेर बन्द भएको नेप्से आज भने थोरै बढेको हो।

बिज्ञापन

आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.६६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंकले बढेको छ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। आइतबार ७ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज ३२० स्टकको ६७ हजार ९५९ पटकको कारोबारमा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज युनियन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ। त्यस्तै, अप्पर साङ्गे हाइड्रोपावरको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावरको करिब साढे ५ प्रतिशत बढेको छ।

कारोबारमा आएको सम्पदा लघुवित्तको सेयरमूल्य यस दिन ४.८१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको २१ करोड ७५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, बुटवल पावर कम्पनीको करिब २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत बढेको छ। अरु बढेका उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka