Premier Cables
Premier Steel

समाचार

मध्यराति पाकिस्तानमा भारतको हवाई आक्रमणः अहिलेसम्म के–के भयो अपडेट

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २४, २०८२  | बिहान ११:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जम्मू–कशमीरको पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा हवाई (मिसाइल) हमला गरेको छ । बुधबार राति करिब साढे १ बजे ुअपरेशन सिन्दूरु अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादलगायत ९ क्षेत्रमा आक्रमण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

बिज्ञापन

आक्रमण गरिएका क्षेत्रलाई भारतले आतंकवादी अड्डा भनेको छ । समाचार एजेन्सी एएनआईको दाबीअनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ। भारत सरकारले आफ्नो विज्ञप्तिमा भनेको छ, ुयो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो।पाकिस्तानको सरकारी टेलिभिजनले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सेनाले पाकिस्तानमा तीन स्थानमा मिसाइल आक्रमण गरेको बताएको छ ।

 

रोयटर्स समाचार एजेन्सीका अनुसार पाकिस्तानको सीमावर्ती क्षेत्रबाट पनि भारी गोलाबारी र ठूलो विस्फोटको रिपोर्ट आइरहेको छ।पाकिस्तानी सेनाले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ।

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण बनेको छ । आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

 

भारतको आक्रमणबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफको प्रतिक्रिया आएको छ। भारतको क्षेप्यास्त्र आक्रमणप्रति प्रतिक्रिया जनाउँदै शाहबाज शरीफले पाकिस्तानलाई बदला लिने पूर्ण अधिकार रहेको बताएका छन् । शाहबाज शरीफले सामाजिक सञ्जाल साइट एक्समा लेखेका छन्, शत्रुले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्ण आक्रमण गरेको छ।

 

उनले भारतको यो आक्रमणलाई युद्धको कार्युको रूपमा वर्णन गरे। पाकिस्तान र पाकिस्तानी सेनालाई शत्रुहरूसँग कसरी व्यवहार गर्ने भनेर राम्ररी थाहा छ। हामी शत्रुलाई उसको दुष्ट मनसायमा कहिल्यै सफल हुन दिने छैनौं, उनले भनेका छन् ।

प्रधानमन्त्री शरीफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन्। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी लुक्ने ठाउँ नभई नागरिक बस्ने ठाउँमा आक्रमण गरेको बताएका छन् । ुभारतले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको दाबी गरिरहेका छन् ।

 

म अन्तर्राष्ट्रिय मिडियालाई सबै पक्षमा आएर आफैं हेर्न भन्न चाहन्छु कि यी आतंकवादी लुक्ने ठाउँहरू थिए कि नागरिक बस्ती, जसमा हाम्रा दुई मस्जिदहरू पनि समावेश थिए, बीबीसी उर्दुसँग उनले भनेका छन्, ुएक बच्चा शहीद भएको छ। एक महिला शहीद भएकी छिन्। मसँग शहीदको पछिल्लो तथ्याङ्क छैन। तर पुष्टि भएका यी सात निशानाहरूमध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन् । यी सबै निशानाहरू नागरिक बस्तीमा थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई लज्जास्पद भनेका छन् । म चाहन्छु कि यो धेरै चाँडै अन्त्य होस्, उनले भने ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीबाट गहिरो चिन्ता व्यक्त गरेका छन् । महासचिवले दुवै देशलाई अधिकतम संयम अपनाउन अपील गर्नुभएको छ। विश्वले अर्को भारत-पाकिस्तान सैन्य द्वन्द्वको जोखिम वहन गर्न सक्दैन, उनले भनेका छन् ।यद्यपि भारतीय सेनाले पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित नगरिएको दाबी गरेको छ । आतंककारी लुकेको ठाउँलाई निशाना बनाइएको भारतको दाबी छ । पाकिस्तानको सरकारी समाचार च्यानल पीटीभी न्यूजले आक्रमणको क्रममा पाकिस्तानी सेनाले २ वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka