Premier Cables
Premier Steel

अर्थ

नाडा अटो शोमा देखाइने उड्ने कार तातोपानीबाट मान्छेले बोकेर ल्याए !

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ३१, २०८२  | बिहान ११:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नाडा अटो शोका लागि उड्ने कार तातोपानी नाकामा आइपुगेको छ। भृकुटीमण्डपमा आगामी मङ्गलबारदेखि सुरु हुने नाडा अटो शोमा प्रदर्शन गर्न उक्त कार चीनबाट ल्याइएको हो।

बाढी र पहिरोका कारण तातोपानी नाकाको कोदारी खण्ड १५ दिनदेखि बन्द रहेको अवस्थामा, कारलाई भरियामार्फत बाटो पार गराएर नेपाल ल्याइएको हो। नेपालका लागि डीपल गाडीको आधिकारिक विक्रेताका अनुसार, कार हाल भन्सार कार्यालयमा पुगेको छ र परीक्षण तथा कागजी प्रक्रिया सकिएपछि काठमाडौं ल्याइनेछ।

बिज्ञापन

चांगन अटोमोबाइलको सब-ब्रान्ड डीपलले निर्माण गरेको यो उड्ने कार चिनियाँ कम्पनी ईह्याङसँगको सहकार्यमा तयार गरिएको हो। कार स्वचालित रूपमा उड्न सक्ने खालको हो, जसमा दुई जना यात्रु बस्न मिल्छ। यो कार नाडा अटो शोमा मात्र प्रदर्शनीका लागि ल्याइएको हो र कार्यक्रमपछि पुनः फिर्ता गरिनेछ।

ईह्याङ कम्पनीले पाइलटविना उड्न सक्ने प्रविधिमा काम गर्दै आएको छ र यसले चीनको नागरिक उड्डयन प्रशासनबाट उत्पादन तथा एयरवर्दीनेस प्रमाणपत्र प्राप्त गरिसकेको छ।

कारको विशेषता अनुसार यसको उचाइ १.९३ मिटर, चौडाइ ५.७३ मिटर छ। यसले अधिकतम ६२० केजी भार बोक्न सक्छ। एकपटकको फुल चार्जमा ३० किलोमिटर सम्म उड्न सक्ने र यसको अधिकतम गति प्रति घण्टा १३० किलोमिटर रहेको कम्पनीले जनाएको छ।

यो कार एमएडब्लू वृद्धिले नेपाल ल्याएको हो, जसलाई नाडा अटो शोमा प्रदर्शनीका लागि प्रदर्शन गरिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka