Premier Cables
Premier Steel

समाचार

गुण्डा नाइके चक्रे मिलन धरौटीमा रिहा

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar शुक्रबार, साउन ३०, २०८२  | साँझ ४:१९ बजे

काठमाडौं । कुख्यात गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा दायर कुटपिट तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पनि धरौटीमा रिहा भएका छन्।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार, अब मिलनको स्वास्थ्य परीक्षण गरी रिहा गर्ने तयारी भइरहेको छ।

बिज्ञापन

यसअघि काठमाडौंमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका चक्रे मिलन ३० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। रिहाइपछि उनलाई भक्तपुर लैजाने तयारी गरिएको थियो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार, २०८१ भदौ ४ गते भक्तपुरमा भएको एक कुटपिट घटनाको अनुसन्धानका लागि उनलाई भक्तपुर पुर्‍याइएको हो।

उक्त घटनामा भक्तपुरका मनिष रायमाझीमाथि चक्रे मिलनका सहयोगी अजित खवाससहितको समूहले सांघातिक हमला गरेको आरोप छ। घटनाको सुरुवात रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई ‘डुँडे’ भनी टिप्पणी गरेपछि भएको थियो। त्यसपछि चक्रे मिलनले रायमाझीलाई फोनमा धम्की दिएका थिए।

भदौ ४ मा भएको हमलापछि रायमाझीले दिएको जाहेरीका आधारमा चक्रे मिलनविरुद्ध भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते मुद्दा दर्ता गरिएको थियो। जाहेरीमा चक्रे मिलन प्रमुख प्रतिवादीका रूपमा उल्लेख छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

Clock Iconशुक्रबार, पुष ११, २०८२

आर्थिक शिथिलताले ऋण प्रवाहमा समस्या

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट एक्स्पोमा आज सूचना प्रविधि, डिजिटल मार्केटिङ र साइबर सुरक्षामा छलफल

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Clock Iconबिहिबार, पुष १०, २०८२
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka