Premier Cables
Premier Steel

अपराध

गुण्डा नाइके चक्रे मिलन पक्राउ, जन्मदिन पार्टीमा होहल्ला गरेको आरोप

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १६, २०८२  | बिहान १०:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विगतमा गुण्डा नाइकेका रूपमा चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई प्रहरीले बिहीबार राति काठमाडौंको महाराजगञ्जस्थित होटल साम्बालाबाट पक्राउ गरेको छ। बाँसबारी रोडस्थित होटल साम्बालामा जन्मदिन पार्टी मनाइरहेका बेला जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पार्टीमा करिब ५० जना आपराधिक पृष्ठभूमिका व्यक्तिहरु सहभागी थिए। होटलमा होहल्ला गरेको र गाडीको लावालस्करसहित स्कर्टिङ गरिएको सूचनाका आधारमा प्रहरीले अपरेशन चलाएको थियो।

बिज्ञापन

हाल उनीहरूविरुद्ध के कसुरमा मुद्दा चलाइने भन्नेबारे टुंगो लागिसकेको छैन। चक्रे मिलन पछिल्लो समय कुनै आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्न नभए पनि प्रहरीको निगरानीमा थिए।

गुण्डा समूहका नेताहरुमा चक्रे मिलनसहित दिपक मनाङे, राजु गोर्खाली, गणेश लामा, दावा लामा लगायतका व्यक्तिहरू समावेश छन्, जसले पछिल्लो समय राजनीति वा अन्य माध्यमबाट आफ्नो छवि सफा गर्न खोजेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka