Premier Cables
Premier Steel

अर्थ

इटहरीको सोल्टीमा ढावा फुड फेस्टिभल, सुरु हुन तीन दिन बाँकी

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २८, २०८२  | बिहान १०:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा ढावा फुड फेस्टिभल आयोजना हुने भएको छ।

कोसी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यो महोत्सव साउन ३० गते (अगस्त १५) देखि भदौ ७ गते (अगस्त २३) सम्म चल्नेछ।

बिज्ञापन

होटलको ब्याकयार्डमा हुने महोत्सवमा इन्डियन ढंगका खाजा–खानाका परिकार पस्किने तयारी भएको छ। आयोजकका अनुसार पञ्जाबी खाना, बनारसी पान, चाट, फलफूल लगायतका परिकार फेस्टिभलको आकर्षण हुनेछन्।

सोल्टी वेस्टेन्ड होटलका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ। खाना पारखीहरूका लागि विशेष अनुभव हुने अपेक्षा गरिएको यो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka