Premier Cables
Premier Steel

अपराध

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने युवती पक्राउ

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २३, २०८२  | अपराह्न २:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

आकर्षक तलबको प्रलोभन दिएर वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

बिज्ञापन

 

प्रहरीले काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ४ घर भएका राजिन स्याङ्तानलाई आइतबार पक्राउ गरेको छ । स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएकी थिइन ।

 

रकम लिएर सम्पर्कबिहीन भएको पीडितको उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ६ बौद्धबाट स्याङ्तानलाई पक्राउ गरेको हो ।

 

स्याङ्तानलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय ठगीलगायतका बिभिन्न अपराधमा महिलाको सहभागिता बढदै गएको छ । केही समययता मात्रै प्रहरीले सार्वजनिक गरेको तथ्यांकले अपराधमा महिलाको संलग्नता बढेको देखाएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka