Premier Cables

अपराध

उत्तराखण्डमा बाढीमा हराइरहेकाहरुको खोजी कार्य तीव्र

Calendar बुधबार, साउन २१, २०८२  | बिहान ८:३८ बजे

काठमाडौं । भारत उत्तराखण्डमा आएको भीषण बाढीमा हराइरहेकाहरुको खोजी कार्य तिब्र पारिएको छ ।

उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा हिजो दिउँसो बाढी आउँदा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी वेपत्ता छन् ।

बिज्ञापन

अहिले त्यस क्षेत्रमा उद्धार तिब्र पारिएको छ । उद्धार तथा राहत टोलीहरू घटनास्थलमा परिचालित भएको र खोज कार्यलाई तिब्र पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ।

भीषण वर्षापछि खीरगंगा नदीमा आएको बाढीले गंगोत्रीमार्गमा पर्ने धराली बजार तहसनहस बनाएको छ । नदी किनाराका बस्तीमा ठूलो क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदीमा अचानक ठूलो बाढी आएको र नदी किनारका घर र पसलहरु बगाएको देखिन्छ । दिउँसो साढे १ बजे आएको बाढीले २० भन्दा बढी होटल तथा होम स्टे र सैनिक क्याम्प पनि बगाएको छ ।

उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ । भारतीय सेनाका १ सय ५० भन्दा बढी सुरक्षाकर्मी र स्थानीय प्रशासनको टोली उद्दारमा खटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लेदोसहितको बाढीका कारण उद्दारमा समेत कठिनाइ भइरहेको जनाइएको छ ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka