Premier Cables

समाचार

सुनसरीमा नक्कली नोटसहित दुईजना पक्राउ

Calendar बुधबार, साउन २१, २०८२  | बिहान ११:४१ बजे

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको लु९२प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा नक्कली नोटसहित दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

बिज्ञापन

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमाननगर कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक छन् । इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको टोलीले गए राति (साउन २०) उनीहरूलाई नियन्त्रणमा लिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार, मोटरसाइकलको पछाडि सवार राजेश चमारका साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको हो । बरामद नक्कली नोट र उक्त मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka