Premier Cables
Premier Steel

अपराध

सुनसरीमा २८ हजार नक्कली नेपाली नोटसहित युवक पक्राउ

Calendar बिहिबार, माघ २२, २०८२  | अपराह्न १२:४५ बजे

इनरुवा। सुनसरीको हरिनगरा गाउँपालिकाबाट प्रहरीले २८ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोटसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका–१० निवासी २५ वर्षीय बहिस मियाँ रहेका छन्।

बिहीबार राति करिब ८ बजे हरिनगरा गाउँपालिका–१ स्थित एक किराना पसलमा सामान खरिद गर्ने क्रममा मियाँले नक्कली नोट दिएको सूचनापछि प्रहरी सक्रिय भएको हो। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले मियाँलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट नेपाली एक हजार दरका २८ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बरामद गरिएका सबै नोट जाली रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका मियाँलाई नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ। उनीविरुद्ध मुद्रा सम्बन्धी कसुर (खोटा चलन) अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको र यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता छ–छैन भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka