Premier Cables

अर्थ

आज राष्ट्रिय कोदो दिवस, रु. ७६ करोड ६३ लाखको आयात

Calendar शुक्रबार, साउन १६, २०८२  | बिहान ७:४२ बजे

काठमाडौं । आज राष्ट्रिय कोदो दिवस मनाइदैछ । कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले सरकारले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउन लागेको हो ।

कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि दिवस मनाउन लागिएको हो ।

बिज्ञापन

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको छ ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए ।

कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३ सय १६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

दिवसका अवसरका आज चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम रहेको छ ।

मधेश प्रदेशले आज कोदो महोत्सव गर्दैछ । अवदेखि सरकारले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka