Premier Cables
Premier Steel

अपराध समाचार

सुन पसलेको करोडौं ठगी प्रकरणले मोरङ कानेपोखरीमा सनसनी

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन १४, २०८२  | अपराह्न १:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा सञ्चालनमा रहेको ‘अधिकारी सुन पसल’का सञ्चालक मनोज अधिकारी करोडौं ठगी गरेर फरार भएका छन्।

स्थानीयका अनुसार उनले २४१ भन्दा बढी सर्वसाधारणबाट करिब १२ करोड रुपैयाँ ठगी गरेका छन्। एमाले निकटस्थ नेता मानिने अधिकारीले उच्च ब्याज दिने प्रलोभनमा सर्वसाधारणको बचत रकम जम्मा गरेका थिए। ठगिएका मध्ये वैदेशिक रोजगारीमा रहेका युवादेखि दैनिक ज्यालादारी गर्ने सर्वसाधारणसम्म छन्।

बिज्ञापन

रकम लिएर सम्पर्कविहीन बनेपछि पीडितहरू सडकमा छन्। एक पीडित विष्णुमाया गिरी, जसले अरूको समेत ३० लाख जम्मा गरेकी थिइन्, अधिकारीको घर अगाडि धर्ना बसिरहेकी छन्। पीडितहरूले गाउँपालिका, प्रहरी र प्रशासनसँग गुहार मागेपनि अधिकांशसँग ठोस कागजात (पासबुक) नहुँदा कानुनी प्रक्रिया अगाडि बढ्न सकेको छैन।

फरार मनोज अधिकारीका बुबा र दाइ अमेरिका रहेका छन् भने आमा र श्रीमती घरमै छन्। घटनापछि ‘ऋण असुली समिति’ गठन गरिएको थियो, तर त्यसको नेतृत्व लिएका नवीन पौडेलमाथि पनि सम्पत्ति हिनामिना प्रयास गरेको आशंका गरिएको छ। पौडेलले अधिकारीको नामको एक बिघा जग्गा काशीराज थापाको नाममा सारेर बिक्रीको प्रक्रिया थालेका छन्, जुन प्रक्रिया पारदर्शी नभएको भन्दै पीडितहरूले आपत्ति जनाएका छन्।

स्थानीय सरकारले भने घटनाबारे विस्तृत जानकारी नपाएको प्रतिक्रिया दिएको छ। प्रमुख व्यक्ति फरार हुनु, पीडितसँग कानुनी प्रमाण नहुनु र असुली प्रक्रिया विवादित बन्नुले यो ठगी प्रकरण अझ जटिल बन्दै गएको छ। पीडितहरूले न्याय पाउने सम्भावना अन्यौलमा छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka